नआए हुन्थ्यो हररात सपनीमा

  • by


नआए हुन्थ्यो हररात सपनीमा
दुखेको यो मन अझ दुखाउन
नचिहाए हुन्थ्यो सम्झनाबाट
भिजेको यो आँखा अझ भिजाउन ।

लुकामारी नखेल कल्पना
थाकिसकेको छ यो मन
बाटो छेकि नजिस्क्याउ तिमी
जलिरहेको छ यो मन ।

जीवनलाई मैले त्यागिसकेँ
झुठो माया दिन नआउ
एकान्त नै प्यारो लागिसक्यो
फेरि मेरा हात नसमाउ ।

रूप धेरै देखिसकेँ
अब मोहनी लगाउन छोडिदेउ
पराई त पहिल्यै भैसक्यौ
अब झुटो कसम खान छोडिदेउ ।

सानेपा-२, ललितपुर

मधुपर्क २०६८ माघ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *