Skip to content

हामी नेपाली हाम्रो नेपाल


नेपालीहरू आफ्नै देश नेपालबाट दिनानु दिन विस्थापित भई हजरौको संख्यमा पूर्वी नेपालको मेची नदी पारी भारतीय भूमिमा गई शणार्थी जीवन बिताउन थालिरहेक छन् ।भन्ने जस्ता खबरहरूले आज काल सम्पूर्ण न्युज च्यानेलहरूमा प्रमुख स्थान पाइरहेका छन् । र यी खबरहरूलाई न्युज च्यानेलहरूले आ – आफ्नै तरिकाले पस्किरहेका छन् । तर कुनै न्युज च्यानेलहरूले पनि यी खबरहरूको सफा र सत्य कारण भने दिन सकिरहेका छैनन् । त्यसैले मलाई यस घटना कोबारेमा तथ्य र सफा हुन् मन लगेर आयो । फेरि म पेसाले पनि एक सम्वादाता भएको कारणले सबैको सामु घटनाको तत्थ्यता ल्याउनु मेरो कर्तव्य पनि हो । म पूर्वी भारतको दार्जिलिङ जिल्लाको एक गाउँमा बस्ने गर्छु। म भारतीय नागरिक भए पनि म नेपाली भाषी पनि हु । नेपालसँग मेरो भाषाको मात्रै सम्बन्ध नभएर एउटा पुर्खौली सम्बन्ध पनि छ । त्यसैले होला भारतीय भूमि र भारतीय नागरिकहरू भन्दा मलाई नेपाल र नेपालीहरू नै आफ्नो लाक्छ। त्यसैले नेपाल र नेपालीहरूलाई केही दुःख, पीडा भएमा उनीहरूको दुःख, पीडा बुझ्न मन लागेर आउछ ।

त्यसैले म लागे जहाँ नेपालीहरू विस्थापित भई शणार्थी भइ बसेका छन् । बाटोभरि मनमा धेरै कुराहरू एकपछि अर्को गर्दै बढ्दै गए, के भयो र नेपालमा त्यसरी नेपालीहरू विस्थापित हुने गरी, भर्खर त नयाँ नेपालको निर्माण भएको थियो । जनताले आफैले नयाँ संबिधान कोरेका थिए, भर्खर त राज्यहरूको निमाण भएको थियो, जस्ता धेरै कुराहरूले मेरो दिमागसित उत्तर खोज्दै थिए । तर मसित कुनै उतर भने थिएन उतरको निम्ति तिनै नेपालीहरू छेउ पुगी उनीहरूसित प्रत्यक्ष कुरा गर्नु नै मेरो प्रश्नको एक मात्र विकल्प थियो । जव म त्यहा पुगे न भन्दै हजारौको सख्यामा नेपालीहरू विस्थापित भई आएको पाए । मन साह्रै नै अमिलो भएर आयो । नेपालीहरूको त्यो अकल्पनीय अवस्था देखेर, तर मनलाई दर्हो बनाउदै धैरे नेपालीहरूलाई प्रश्न गरे, कसरी भयो आज तपाईहरूको यस्तो अवस्था, तर मेरो प्रश्नको जवाफ मैले पाइरहेको थिइन, कोही कोही बोली नै रहेका थिएनन्, भने कोही बोल्न चाहेर पनि आवज निस्किरहेका थिएनन्, केवल आशु बाहेक, हुन पनि सपनामा पनि नसोचेको क्षण आज उनीहरू भोगी रहेका थिए, आरुलाई आफ्नो गास काटेर खुवाउने हातहरू आज आरुको अगाडि नै पसारी रहेका छन्, यस्तो अवस्था देखेर मेरो मुटु पनि सियोको टुप्पा म गएर बस्न पुग्यो।यो देखेर मलाई पनि कसैलाई केही सोध्न मन लागेर आएन, मन नरमाइलो भएर आयो, शरीर सबै लल्यक लुलुक भएर आयो। एक छिन भुइँमा बस्न पुगे। केही बेरपछि उठेर अब फर्कनु पर्यो भनेर लाग्दा, करिब ६२ / ६५ वर्षकी आमा मेरो नजिक आएर भन्नु भयो । नानी के सोध्न र के जान्न चाहन्छौ।? हाम्रो बारे मलाई सोध म दिन्छु तिम्रो उतर, मेरो जस्तै हो यी साराको पीडा पनि, यो पीडा हामी सबैको साझा र सयुक्त छ ।

म र आमा नजिकै रहेको ढुङ्गाको थुप्रो माथि गएर बस्यौ । त्यसपछि मैले सोधेँ – “आमा के विपति र आपत पर्न गयो र नेपालमा यसरी नेपालीहरू दिनानु दिन विस्थापित हुनु परि रहेको छ।? भखर्रै त नेपालमा गणतन्त्र स्थापना भई संविधान नया कोरिएको थियो जनताको इच्छा र आकांक्षा अनुरुप भखर्रै त राज्यको पुन संरचना भएको थियो होइन त आमा फेरि किन ।?”

मेरो प्रश्न सकिन नपउदै, आमाले बलेनी जस्तै झरिरहेको आशु पुच्छदै भन्न थाल्नु भयो – “नानी मैले बुझे तिम्रो कुरा ल सुन ।”

नानी शान्तिको अग्रदुत गौतम बुद्ध जन्मिएको हाम्रो देश नेपाल, सानो भएपनि सयौ जातका फूलहरू फूल्ने सुन्दर, शान्त र साझा फूलवारी हाम्रो देश नेपालमा खै कस्को आँखा लाग्न पुग्यो नानी, एका एक २०५२देखि माओवादीले जनताको नाम दिदै जनयुद्ध सुरुवात गर्यो, तत्कालिन व्यवस्था र माओवादीको दोहोरो युद्धले देशमा अशान्ति सुरु भयो । त्यसको फलस्वरूप १३००० भन्दा बढी नेपाली जनताहरूले अकालमा ज्यान गुमाउनु पर्‍यो ।त्यसैको सिकार बन्न पुगे मेरा बुढा नानी। १० बर्षको त्यो भाई भाई बिचको काहाली लक्दो युद्धपछि सात दल र माओवादी बिच १२ बुदे सहमति पत्रमा हस्ताक्षर हुन् पुग्यो र सम्पूण नेपाली जनताहरूको अग्रसरतामा २०६२/६३मा २०५ वर्ष देखिको निरंकुस राजतन्त्रको विरूद इतिहासिक जान आन्दोलन (भाग २) भयो ।त्यही जन आन्दोलनमा मारिन पुग्यो मेरो छोरा पनि नानी । नेपालमा राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । अनि माओवादीहरू पनि युद्ध त्यागी राजनीतिक मुलधारमा आए त्यसको फलस्वरूप देशमा संबिधान सभाको निर्वाचन हुन् पुग्यो । अनि सारा नेपालीहरूले पनि बिस्तारै बिस्तारै बिर्सिन थाले बिगतका आफ्ना ती पीडा र कष्टहरूलाई बिगतमा लागेका जे जस्ता घाउ भए पनि अब भने नेपालमा दिगो शान्ति र समानता आउने भयो भनेर। पहिलाको भन्दा देशमा केही सुधार आउन थाल्यो ।

त्यतिकैमा दुई करिब १२/१४ वर्षका दुई जना केटा केटी आई हामी सितैको ढुङ्गाको थुप्रोमा बसे । उनीहरूलाई हेर्दा यस्तो लाक्थ्यो कि धेरै दिनदेखि केही खाएका थिएनन् आखाँहरू रुदा रुदा रातो भई फुलेका थिए। आमा बोल्नु भयो यी मेरा नाती नातिना हुन नानी, पढेर आफ्नो र देशको भविष्यको रेखा कोर्ने बेलामा हेरत यिनीहरूको गति, आखाँबाट चुहिरहेको नाती नातिनाको आसु पुछिदिदै आमाले भानु भयो, यिनीहरूको कारणले नै आजसम्म बाची रहेकी छु नानी।

आमाले फेरि सुरु गर्नु भयो नानी तर नयाँ नेपाल र नयाँ नियम बनाउछु भनेर गाएकहरू आ आफ्नो पाटी र व्यक्तिगत स्वाथमा अल्जिन पुगी एक अर्कासित बझिन पुगे संविधान कोर्नको लागि पठाएकाहरू सरकार फेर्ने र सरकार चलाउन पो अघि बढे, अनि फेरिन थाल्यो ४/४ महिनामा सरकार पालै पालो, सरकार आफ्नो बनाउन जोसित पनि जस्तो सुकै सहमतिहरूमा पनि हस्ताक्षर गर्न पुगे हाम्रा ठुला दलका नेताहरू नानी । त्यही क्षणिक सहमतिले गर्दा सबैको नयाँ नयाँ मागहरू बढ्न गई कति सहमति भएका बुदाहरूमा पनि फेरि असमति बढ्न थाल्यो। ठुला दल र नेताहरूको केही स्वर्थ र क्षेणिक सोचाहिको कारणले गर्दा हाम्रो यो सानो।सुन्दर र साझा फूलवारीलाई संघियताको नाम दिदै जातीय आधारमा देशलाई विखण्ड गरि ११ प्रदेसमा छुटाई दिए, १०० भन्दा बढी जातिहरू बस्ने हाम्रो यो साझा, सुन्दर र सितल चौतारीलाई टुक्याएर केही जातिहरूलाई मात्रै बढीदिए नानी ।, देशलाई विश्वमा नै चिनाउने धेरै कुराहरूलाई बिर्सिएर एक पलको साथ र आफू ठुलो बन्नको लागि हाम्रा ठुला नेताहरूको बडोपन र घमण्डी पनले गर्दा देशलाई दुरदर्शी विखण्डन र अजारक्ता तिर धकाली दिए नानी ।अनि राज्य नहुने जातिहरूको यस्तो गति भयो ।

आमा घुक्क घुक्क गर्दै रुन सुरु गर्नु भयो मेरो पनि खै कहिलेदेखि आखाँ दुबैले साउने झरीको रुप लिन थालेको रहेछ। बल्ल पो थाहा पाए गोजीबाट रुमाल निकालेर आसुँ पुछे, आमाले पनि दुई हातको बाउलले आसु पुच्दै भन्नु भयो – नानी त्यसैको सिकार हुन पुगी मेरी बुहारी पनि वर्षौँदेखि सधै दाउरा घास गर्ने जंगलमा दाउरा घास गर्न गएकी बुहारीलाई मारिदिए नानी, “अर्को राज्यको मान्छे भएर हाम्रो राज्यको वन जंगलमा आएर दाउरा घास गर्छस भनेर ।”

आमा झन् घुक्क घुक्क गर्दै रुन थाल्नु भयो, ती दुई नानीहरूको आखाबाट पनि आसुका धाराहरू बलिद्र झरी रहेका थिए, आफ्नो रुमालले ती दुई बालकहरूको आसु पुच्दै आफू छेउमा तानेर झोलामा रहेको विस्कुट र पनि निकालेर दिए, खान मन त यस्तो बेला कस्लाई पो हुन्छ र तर पनि बाच्नकै लागि यो मानवले जस्तो सुकै पीडा भुल्नु नै पर्दो रहेछ, मन नलागी नलागी विस्कुटको छेउ टोक्न थाले, आमालाई पनि एक बोतल पानि दिए, आमाले आसु पुच्दै एक घुड्को पानि मुखमा हाल्दै फेरि सुरु गर्नु भयो नानी त्यसपछि झन् जातीय रुपमा राज्य नहुनेहरूलाई राज्य हुनेहरूले विभिन्न रुपमा यातनाहरू दिन थाले भएका समानहरू पनि उठाउन थाले यो तेरो जातको राज्य होइन यो त् हाम्रो राज्य पो हो यसमा हाम्रो आधिकार हुन्छ यदी त् यो राज्यमा बस्न चाहन्छ्स भने हाम्रो जातको धर्म, पोसाक, संस्कृत भाषा बोल्नु पर्छ तेरो केही पनि लाउनु र मान्नु हुदैन, भन्दै दिनानु दिन शारीरिक र मानसिक यतना दिन थाले नानी टिक्नै दिएनन नानी, अनि निकाली दिए हामीलाई ।

भएको केही सम्पति पनि यो हाम्रो राज्यको हो तहिले आर्को राज्यमा लैजान पौदिन्स भन्दै केही पनि ल्याउन दिएनन् नानी, म पश्चिम नेपालको मान्छे। त्यहाबाट निकाली दिएपछि नेपालमा नै कुनै ठाउँमा बस्न पाइन्छ कि भनेर हिड्दा हिड्दा आज पूर्वी नेपालको सीमाभित्रसम्म पनि कुनै सयुक्त राज्य पाइन नानी, काही बिना जातीय राज्य पाइन, नानी न त पाई आफ्नो जातको नै ।, आज अर्काको देशमा आई यो उमेरमा यी दुई नाबालकहरूसितै शणार्थी बन्न पुगेको छु नानी، अझै हाम्रो परिवारलाई त यही गणतान्त्रिक सरकारले शहिद घोषणा पनि गरेका थिए, शहिदहरूको पानामा यिनीहरूको बुबाको पनि नाम कोरिएको छ नानी, हेर त आज देशको लागि आफ्नो बलिदान दिने शहिदहरूकै परिवार आर्काको देशमा आज शणार्थी बन्न पुगेका छौँ।नेता भनाउदाहरूको अविकर्सित र अदुरदर्शीताले गर्दा आज देशको यस्तो हाल हुन पुग्यो, हाम्रो सुन्दर र साझा नेपाल आज बिखण्डित हुन पुग्यो। नानी आज चाहेर पनि तिनै नेताहरूले पनि केही गर्न सकिरहेका छैनन् नालाएक र निकम्मा बनेका छन, नेताहरूको कुसोच र अदुरदर्शीताले आज देश यस्तो अवस्थामा गुज्रिना पुग्यो नानी।

एकाएक मेरा आखा खुल्न पुगे म एकदमै झस्किन पुगे शरीर पसिनाले भिझेका थिए म केहीबेर त अचेत हुन पुगेछु । जब होस् आयो म त एउटा भयानक सपनाको सिकार पो हुन पुगेको रहेछु, कस्तो भयानक, दुःखद र नरकीय संसारमा पो पुगेछु ।शरीरैभरि कडा उम्रिएर आए हात गोडा काप्न थाले । अनि भगवानलाई गुहार्न थाले हे प्रभू यो सपनालाई सपना नै बनाई राख कहिल्यै नेपाल यस्तो दिन देख्नु र सुन्नु नपरोस। फेरि सोचें यो भगवानलाई भनेर हुने कुरा होइन यो त ती नेताहरूलाई भन्ने कुरा हो जसले देशलाई जातीय आधारमा विभाजित गर्न आफ्नो घुडा धसेका छन !

“अझै केही पनि बिग्रिएको छैन, यसको बारेमा हामी सबै नेपालीहरूले सोच्नु पर्ने बेला आएको छ, देश बिखन्डन हुनबाट बचाउन हामीले नागरीक स्तरबाट नै आवाज उठाउनु पर्ने बेला आएको छ ” सधै हामी जनता नेताकोपछि लग्यौ अब नेताहरूलाई जनताकोपछि लगाउनु पर्छ”, त्यसको लागि हामी सारा नेपाली एक हुनै पर्छ।

शंकर सिम्खडा “शुन्य”
सिमरा _७ औराहा (बारा) नेपाल
हाल: अफघानिस्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *