खोला सरी आ’थ्यौ तिमी बह सुसाएर
गयौ तिमी धेरै टाढा आज रुवाएर
किन गर्यौ अनविश्वास् तिम्ले मैमाथि नै
ख्वाकै थियौ कसम् तामा कलश् छुवाएर
प्रेमकी देवी तिमी मेरो विश्वास अति गरेँ
छली रै’छौ धोका दियौ विष खुवाएर
मन् मन्दिरकी देवी मानेँ पूजा गरेँ मैले
गयौ तिमी मन्दिरकै छानो चुवाएर
धर्मभिरु बनी पस्यौ पापी रै’छौ आखिर्
फाप हुन्न गंगा-जलमा अब नुहाएर
राजेश रुम्बा लामा ‘अतृप्त’
