Skip to content

तिमीले धेका दिएर त

  • by


तिमीले धेका दिएर त, गजल मेरो सहारा भो
तिम्रो यादमा पिएर त, गजल मेरो सहारा भो

सारा खुसी सपनाहरू, आँशु बनेर बहिदिँदा
फलाम जस्तै खिएर त, गजल मेरो सहारा भो

विगतका यादहरूले, मनसँग मितेरी गाँस्दा
मुर्छा पर्दै जिएर त, गजल मेरो सहारा भो

पराईसँग कुम जोडी, सल्किएर तिमी हिड्दा
देख्ने दुनियाँ थिएर त, गजल मेरो सहारा भो

जानी जानी सबका सामु, मुटु मेरो घाईते पार्यौ
घायल मुटु सिएर त, गजल मेरो सहारा भो

स्काई नवीन

Leave a Reply

Your email address will not be published. Required fields are marked *