Skip to content

प्रकृतिसँग सिक


नदीसित बग्न सिक
चरासित बोली
हिमालसित बढ्न सिक
ठूलो हुन्छौ भोलि

घामसित हाँस्न सिक
बादलसित रुन
सबैसित सिक्नुपर्छ
राम्रो मान्छे हुन

रुखसित बाँच्न सिक
मजुरसित नाँच्न
नसिकेर धरै छैन
सुखी भई बाँच्न

माहुरीसित श्रम सिक
फूलसित सीप
आँखा चिम्ली बसे हामी
बल्दैन है दीप

एकताको ठाठ सिक
कमिलाको ताँती
हात बाँधी बस्नुभन्दा
नजन्मेकै जाती

ईन्द्रेणीको कला सिक
कोईलीको गला
जति सिक्छौ उति बढ्छ
हाम्रो ज्ञानको तला

प्रकृति नै गुरु हाम्रो
प्रकृति नै साथी
प्रकृतिलाई पढ्यौ भने
पुग्छौ माथि माथि ।

उनम बुढाथोकी
कक्षा ७
श्री महाँकाल जनजागृति उ.मा. वि.
काठमाण्डौं

(बाग्द्वार साहित्य समाजद्वारा आयोजित अन्तर-विद्यालय कविता प्रतियोगिता २०६८मा प्रथम पुरस्कार प्राप्त कविता)

2 thoughts on “प्रकृतिसँग सिक”

  1. धन्यवाद सर
    धन्यवाद सर ।उनम भाईको कवितालाई मझेरीमा सजाईदिनु भएकोमा।केहि हौसला हुनेछ ।यहाँको यो सराहनिय कदमलाई सलाम।

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *