मायाँ भन्ने चिज साँच्चै ! यस्तै हुँदो रै’छ
यौटालाई चोट लाग्दा अर्को रूँदो रै’छ
जति सुकै घाम पानी लागोस तगारो
मुटू-मुटु मिले पछी छुट्टाउन गाह्रो
छुट्टे पनि सम्झनाले तड्पाउँदो रै’छ
यौटालाई चोट लाग्दा अर्को रूँदो रै’छ
चाहे चढुँ पहाडमा चाहे हिमालमा
जून उही फर्किएर आउँछ साँझमा
त्यसै कहाँ दुई मुटु साथ ज्यूँदो रै’छ
यौटालाई चोट लाग्दा अर्को रूँदो रै’छ
