Skip to content

लुकिछिपी निष्ठूरीलाई हेरिन्न है अब


लुकिछिपी निष्ठूरीलाई हेरिन्न है अब
सदाचारका नियमहरू टेरिन्न है अब ।

क्षणिक नजर एकै सही कोण मिलाई ठाउँमा
दोबाटा र चौबाटाहरू फेरिन्न है अब ।

हाउभाउ चन्चल सधैंं आकर्षणको दाउमा
सुन्दरताका खाकाहरू केरिन्न है अब ।

कल्पनाकै माया मिठो मलहम छर्न घाउमा
मायाजालको फन्के डोरी बेरिन्न है अब ।

प्रयोग मात्रै हुँइदो रछ निकटताको नाउँमा
चक्रब्यूहमा यो ‘कुमार’ सेरिन्न है अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *