निश्चल चोखो प्रीति छोडी जात फालिदियौ
कोल्टे बदल्ने अनिद्राको रात पालिदियौ ।
सँगै बाँच्ने सँगै मर्ने कसमको रापमा
नहुर्कदै मुना चुँडी पात बालिदियौ ।
दुई रथका पाँग्रा उस्तै एकै चालमा गुड्ने
गोरेटोमा सँगै हिडने बात ढालिदियौ ।
मेलापात बनजङ्ल चौतारीको घुमफिर
बिना एउटै कसूरको मात गाली दियौ ।
छलछाम घोचपेच यो समाजका कुरा
इज्जतिलो ‘कुमार’ माथि हात हालिदियौ ।
