यी बग्रेल्टी समस्याको, समाधानको पर्खाइमा छु
स्वणिर्म युग बोकी आउने, बिहानको पर्खाइमा छु
धेरै खोजें मन्दिरहरूमा, बसाइँ सरे जस्तो छ
भेटिन्छ कि चिहानमा ? भगवान्को पर्खाइमा छु
बुजु्रकहरूको कबबासले, कानै टट्याइसक्यो
अब प्रत्येक लाटा बोल्ने, वर्तमानको पर्खाइमा छु
म यो सिङ्गै आकाश, खेती योग्य बनाइदिन्छु
मसँग सहकार्य गर्ने, किसानको पर्खाइमा छु
धेरै आमाहरूले, हिटलर मात्र जन्माए
म एक बुद्ध जन्माउने, गर्भधानको पर्खाइमा छु
युवामञ्च २०६८ चैत्र
