Skip to content


मेरो कुरा सुनेर रिसाउने पो हौ कि
तातो सम्बन्ध क्षणमै चिस्याउने पो हौ कि ।

हुन्छयौ सधै तिमी नै आँखामा, ढुकढुकीमा
भन्दा मलाई उल्टै गिज्याउने पो हौ कि ।

तिमीविना म एक्लै सक्दिन सत्य बाँच्न
सुनेर यस्ता कुरा उल्याउने पो कि

लाग्छ डर मलाई मौका कुरेर बस्दा
अर्कै मुटुमा मुटु मिसाउने पो हौ कि

आज त भन्छु भन्छु परिणाम चाहे जे होस्
नभन्दा माया अन्तै बिसाउने पो हौ कि ।

युवामञ्च २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *