Skip to content

तिम्ले मैले पुज्ने देउता फरक जस्तो गर्छौ किन

  • by


तिम्ले मैले पुज्ने देउता फरक जस्तो गर्छौ किन
सानो जातले छोयो भन्दै सुनपानI छर्छौ किन ।

दिन मिल्ने भए माग्थे ठुलो जात प्रभूसँग
मेरै भाग्य कमजोर रैछ मलाई आँखा तर्छौ किन ।

कस्तो न्याय तिम्रो ईश्वर रगत एउटै दिए पनि
बाटो अलग इमान धर्म हाम्रै खुशI हर्छौ किन ।

एक हात वस्त्र खरको छानो जसो तसो बाँच्दा हामI
तेरो हातको खान्न भन्ने ठुला-बडा मर्छौ किन ।

भरतपुर १३,गजलकुन्ज
चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *