Skip to content

जन्मी हुर्की बढ्या देशको नाउँ नसोध

  • by


जन्मी हुर्की बढ्या देशको नाउँ नसोध
गर्नु पर्छ माया अब, लाउँ? नसोध

गुन् माथि गुनै, लाउँछिन् नेपाल आमा
सक्या’ छैनौ तिर्न ब्याज , साउँ नसोध

आक्रमण भा’को छ हाम्री, आमामाथि
कहाँ लाग्यो अस्त्र भनी, ठाउँ नसोध

वेदनाका आँशु चुही, ताल बन्दैछ
दु:खी आमा चट्ट छाडी, जाउँ नसोध

छिद्रै छिद्र पारेका छन् आफ्नै भन्नेले
“बिना” मलम् भैगो तिमी घाउ नसोध

बिना तामाङ “सुनगाभा”
काठमाण्डौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *