Skip to content

सधैं आउँछे मलाई भेट्न राति राति

  • by


सधैं आउँछे मलाई भेट्न राति राति
बोलाउँछे सपनीमा बादलुको माथि

सुनसान एकान्तमा मन्द मुस्कानले
बनाएर पत्थर झैं पानी पानी छाती

उनीलाई जति हेर्यो उति हेरुँ लाग्ने
आँखाभरि सजाएर सपनाका ताँती

सराबको अम्मली झैं भईसकेको छु
नदेखेको नबोलेको भए हुन्थ्यो जाती

कल्पनामै डुबुल्किन हुन्न यथार्थमा
सपनामा देखुञ्जेल हो सपनाको साथी

Leave a Reply

Your email address will not be published. Required fields are marked *