Skip to content

तरकारी महिमा : कुभिन्डो र लौका (तितो-पिरो)

  • by


कुभिन्डो

यो सन्त महाराजको शैलीमा खरानी घसेर कतै छाना माथि टुसुक्क ध्यान मग्न हुन्छ त कतै तर्ल्याङ्ग तुर्लुङ्ग झुन्डिएर झुला बाबा आशनमा झुन्डिराखेको देख्न पाइन्छ । यो बाबा जस्तो तरकारी बजारमा आफ्नो प्रभाव बढाउन सकेको चाहिँ छैन । यो मान्छेको लागि लोक परिय नभए पनि देवीको लागि प्रिय नै छ । त्यसैले यसलाई भागवतीको लागि बलि चढाइदै आएको पाइन्छ । यो तरकारीको लागि खास प्रयोग नभए पनि बोकाको मुखमा कुभिन्डो भन्ने उखान बार बार प्रयोग आउछ । एक दिन मेरो छोराले बोकाको मुखमा कुभिन्डो भनेको भनेर सोध्न आयो । आफू त गाउँमा जन्मिएकाले यसको बारेमा थाहा थियो । शहरमा जन्मिएका बालबालिकालाई के थाह ? कसरी बुझाउने एक छिन त अलमल्ल परे । मेरो पालो उदाहरण दिँदै भनेँ – संबिधान सभा । बोकाहरूलाई दुई बर्षभित्र संबिधान बनाउन दिएको आज ३ बर्ष नाघिसक्दा पनि भुत्लो झार्न नसकेर बोकाहरू झन ठुस ठ्स्ती गनाइराखेकाछन । अब त यी बोकाहरू स्वदेशमा मात्र नभएर बिदेशमा पनि उपद्रो गर्दै गनाउन थालेका छन । अब आउने दशैमा कुभिन्डो सट्टामा यी बोकालाई नै बलि चढाउन सके काली प्रशन्न भई देश र जनताको भलो हुने कुरो गर्दै केही कुबिन्डे बाबाहरू प्रचारमा लागेका छन ।

लौका

यो आम नेपाली जस्तै अग्लो, घैटे, भुडे, होचो आकारमा पाइन्छ । यो कतै फन्को मार्दै नेपाल नेपालको नक्शा कोर्न हिंडेको जस्तो देखिन्छ । कतै घरको छानादेखि रुखको टुप्पोमा सगरमाथाको टुप्पो छुन भिडेको हाइ कि जस्तो देखिन्छ । भ्यागुतो जति उफ्रे पनि भूईँको भूई भने जस्तो, यसले फुर्ती लाए पनि भारतीय सुर्ती नखाए केही लछारो लाउन सक्तैन। यो अहिलेसम्म अत्म निर्भर हुनसकेको छैन । चाहे ठ्याङ्ग्रोको घोडा चढेर होस वा घरको बुइ चढेर होस, यसलाई अरुको निर्भर हुनै पर्छ । रामदेव बाबाले यसको जुसले स्फुर्ति दिन्छ भने पनि यो अरुको बुइ चढ्ने पाटे अल्छी हो । कसैको बुई चढेन भने त लत्याक लुतुक भएर नेपाल सरकार जस्तै गर्ल्याम गुर्लुम ढल्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *