Skip to content

भ्रष्ट्र नेता चर्को मूल्य भाँच्छन् यिन्ले ढाड अब

  • by


भ्रष्ट्र नेता चर्को मूल्य भाँच्छन् यिन्ले ढाड अब
गरीबीको बास, कपास खोस्ने भए माड अब ।

हाम्रौ नेता चोर डाँका बुझ्या छैनन् नेपालीले
पार्टी भन्दै यिन्का झन्डा समाउन छाड अब ।

सडकदेखि सदन सम्म पुर्याउने नेपालीको
घाँटी समाई निच्योर्याछन् लिन्छन् कस्को आड अब ।

सोझा जन्ता मार्दै आज पसिनाको कमाईमा
रगतको होली खेली मनाउँछन् चाड अब ।

भरतपुर – १३, गजलकुन्ज चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *