हावामा बगेर, बादलमा उडेर चरी जस्तै भुरुरु
चमक्क चम्केका बिजुली, नियाल्दै टोलाई रहेको म ।
गुञ्जिएका वादलका गड्याङ गुडुङ
बतास चल्यो पात हल्लियो, आइलिएको फूल झर्यो
रङगंमङगीएको धुलोले आँखा पोल्यो
पारी क्षितिजमा कतै नियाल्दै, कहाँ छौ तिमी कहाँ म ।
आँशुका थोपाले परेली भिज्यो
अत्यास लाग्दो विपनीले किन हो किन मुटु पाल्यो
खालि सुकेका ओठहरुमा कलेटी, आङ जिरिङ्ग भो
चिसो बतासमा कठाङग्रिएर शरीर सिरिङ्ग भो
डाडाँपारी वनबाट बर्षा सुसेल्यो, बलेसीमा तप्कियो
दिन ढल्यो अँधेरी साँझ झमक्क भो
भित्र पस्न मन लाग्यो, टाउको रनक्क भो ।
बादल पड्किनै रहयो, बिजुली चम्किनै रहयो ।
पुष्कर खनाल
