Skip to content

एउटा सपनाको कुरा


म,
गैर आवासीय नेपाली
भैइ सकेको थिए ।
नेपाल भ्रमणको लागि
हाम्रो एउटा टोली बन्यो ।
हामी चडेको बिमान
लिम्बुवान अन्तरराष्ट्रिय बिमानस्थलमा
बिस्तारै अवतरण भयो ।
हाम्रो स्वागतमा
लिम्बुवान प्रदेशका
केही उच्च पदस्थ ब्यक्तित्वहरूको
अत्यन्तै सालीन
लामबद्ध समुह उभिएको थियो,
हातमा फूलका गुच्छाहरू लिएर ।
हामीलाई एउटा सुन्दर
पाहुनाघरमा राखियो ।
हाम्रो टोलीको उदेस्य
लिम्बुवान प्रदेशको
बस्तुगत अवलोकन गर्ने थियो ।

हामी लिम्बुवानमा खोलिएको
सिरिजङ्गा बिस्व बिद्यालय पुग्यो ।
त्यहा पुग्दा थाहा भयो,
सिरिजङ्ग्ग बिस्व बिद्यालयमा
संसारका बिभिन्न मुलुकबाट
बिभिन्न बिषयमा
उच्च शिक्षा हसिल गर्न
विद्यार्थीहरू आउँदो रहेछन ।
ती विद्यार्थीहरू भन्दै थिए
संसारकै स्वर्गिय आनन्दको ठाउँ
यो लिम्बुवानमा पढ्न पाउदा
हामीलाई खुशी लागेको छ ।
उनिहरू थब्दै थिए ….
कूम्भकर्ण र कन्चनजङ्गाको शिरबाट
बगेर झरेको
पवित्र चिसो पानी
पिउनुको बेग्लै आनन्द छ ।
त्यहिबाट कतिले
बिद्यावारीधी गरेछन रे ।

हाम्रो टोली
बिद्युत प्राबिधिकरणको
प्रधान कार्यालयमा पुग्यो,
हामीलाई जानकारी भयो,
सृष्टिकालदेखि अबिरल बगिरहने
कावेली, इङ्वा र तमोरबाट
निकालिएको बिजुलिले
लिम्बुवान मात्र होइन
पुरै देश झलमल बलेको रहेछ ।
लिम्बुवानी जनतालाई
लोटसेटिङ् के हो ? थाहै छैन रे ।
बिशाल बिशाल उद्ध्योगहरू
ब्यस्त सन्चालनमा देखिन्थे ।
रोजगारीमा लिम्बुवान आएका मानिसहरू भेटिन्थे ।

डाडा,पाखा,थुम्का,पहाड
र,
मनोरम हिमशिखरहरूले सजिएको
कलकल खहरे,खोल्सा
र,
नागबेली खोलाहरू बगेको
सुन्दर लिम्बुवानको
सु-सब्य बस्तिहरू देख्यौ ।
सबैले सबैसँग मिलेर
हाते मालो गर्दै गरेका मनहरू देख्यौ ।
साह्रै परिश्रमि हातहरू भेट्यौ ।
आ-आफ्नो
धर्म र कर्ममा ब्यस्त देखिन्थे
यहाँका मानिसहरू ।
रिस,राग,चोरी,झै-झगडा
कतै पाइन्नथ्यो यहाँ ।
सुन्दर र सान्त लिम्बुवान
सबै जात जाती माझ
सहीस्णुता,सहयोग,सदभाब
आदान -प्रदान भएको देखिन्थ्यो ।
संसारका मानिसहरू
लिम्बुवान घुम्दै गरेको भेटिन्थे ।
देश छाडेर
बिदेश पलायन हुनेहरू
धमाधम आफ्नो प्यारो भुमी
लिम्बुवान फर्कन्दै गरेका
तातिहरू भेटिन्थे ।
यहाँको सबै भन्दा सुन्दर पक्ष
लिम्बुवान प्रदेशको सरकार
समाबेसी सदन खुब मन पर्‍यो ।
मुख्य मन्त्रीमा मेरै छिमेकी
दमाइ साईलाको कान्छो छोरो
मङ्गलसिङ आसिन थियो ।

यि सबै देखेर
हाम्रो टोलिको
आकस्मिक् बैठक बस्यो,
र,हामी सबैको सहमतिमा
एउटा प्रस्ताब् पारीत भयो,
“अब आफ्नै देश फर्किने”
मैले नि सही हानी दिए ।
समर्थनका ताली बजे
ठीक उसै बेला
एउटा आवाज आयो -सङ्गितको
“उडायो सपना सबै हुरिले……”
पाच बजेको अलाराम बजेछ,
मेरो मोबाइलमा ।
म झल्यास्स बिउँझीए ।
बिरानो देशको
एउटा ठुलो शहर माझ
अग्लो बिल्डिङ्को सातौ तल्ला
कोठा न तिन सय छ मा पो
मस्त सुतिरहेको रहेछु ।
अचम्म ! कस्तो सपना हो यो ??

२५,अप्रिल २०१२५
बिरानो देशबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *