नारी आमा हुन्
जननी हुन्
माता हुन्
धर्ति हुन् नारी
दुर्गा हुन्
सरस्वति हुन्
देवी हुन्
माया ममताकी खानी हुन् नारी ।
आमा
मेरी आमा पनि तिनै नारी हुन्
लामो नौ महिना सम्म गर्भमा राखिन्
अनेक दुख कष्ट सहिन्
भोगिन्
कठोर प्रसब पीडा सहदै जन्माइन्
यो धर्तिमा ओरालिन्
यो माटोमा टेकाइन्
यो सन्सार देखाइन्
छातीमा लुटुपुटु खेलाउदै
दश धारा दुध चुसाइन्
प्राण दिइन्
माया दिइन्
ममता दिइन्
वात्सल्य दिइन्
हुर्काइन्
बढाइन्
बिस्तारै ढुङ्गा माटो सङ्ग खेल्ने बनाइन्
बन पाखा
खोला नाला सङ्ग रम्ने बनाइन् ।
आमा
मेरी आमा
म तिम्रो रगत हु
तिम्रो रगतले सिन्चेको छ मेरो शरीर
म तिम्रो मुटु हु
तिम्रो ढुकढुकीले बाचेको छ मेरो जीबन
म तिम्रो हात हु
खुट्टा हु
तिम्रै साहरामा त हिडेको छ मेरो शरीर
अनि म तिम्रो ऋनी छु आमा
तिम्रो दुधले नुहाएको छ मेरो शरीर
त्यसैले
त्यसैले त मेरो स्वास छ
प्राण छ
मेरो ढुकढुकी छ
सन्सार छ
मेरो सबथोक् छ
अनि
अनि आमा हिड्दा बस्दा
कतै ठेस लाग्दा
आमा भनेर तिमीलाई पुकार्नै पर्ने
दुखमा पीडामा
आपतमा बिपतिमा
आमा भनेर तिमीलाई सम्झिनै पर्ने
आमा
मेरी आमा धन्य छौ तिमी
कति महान् छौ तिमी
माया ममताकी खानी छौ तिमी
मलाइ माया गर्छौ
ममता दिन्छौ तिमी
पबित्र छ मेरी आमाको माया
चोखो छ मेरी आमाको ममता
छल कपट छैन
धोखा छैन
तिरष्कार छैन
घृणा छैन
टुट्ने छैन
फुट्ने छैन
भत्कने छैन
सयौ सयौ
युगौ युग
अमर
अजर छन् मेरी आमाको माया
मेरी आमाको ममता ।
राज लामा
