Skip to content

मै हुँ भन्दै आफैलाई ठुलो ठान्न छोड

  • by


मै हुँ भन्दै आफैलाई ठुलो ठान्न छोड तिमी !
लड्नेछौ है कुनै दिन खुट्टा तान्न छोड तिमी !

सधैँभरि झुठो कथा रच्दा आफैँ फसौला है
इर्ष्या गर्दै अरुमाथि जाल हान्न छोड तिमी !

कस्को नै पो भलो भा छ घमण्डमा बाँच्दा खेरि
दुष्ट्याईको चरित्र त्यो अब धान्न छोड तिमी !

भ्रम मात्र हो त्यो तिम्रो हत्केलाले सूर्य छेक्ने
बग्या’ खोला रोक्छु भन्ने बात मान्न छोड तिमी !

सजना गुरुङ
कुस्मा, पर्वत

Leave a Reply

Your email address will not be published. Required fields are marked *