Skip to content

सपना हजार देखाएर उता नाता जोड्यौ किन

  • by


सपना हजार देखाएर उता नाता जोड्यौ किन
मुटु लगी आखिर घाईते बनाएर छोड्यौ किन ।

तिम्रो बाटो पर्खिएर जिन्दगी नै काट्छु भनी
वारी आउँदा बेँसीबाटै, बाटो अन्तै मोड्यौ किन ।

मेरो बर्बादीले आफ्नो, घरवार बन्ने थियो भने
आशमा पार्दै मैसँग, कुमारीत्व तोड्यौ किन ।

तिमी मर्दा तिम्रै चिता, सँगै म नि मर्छु भन्दै
मलाई कात्रो ओढाएर घुम्टो आफू ओड्यौ किन ।

भरतपुर-१३, गजलकुन्ज चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *