Skip to content
ArunBahadurKhatriNadi-02


आमा तिमीले मलाई
जन्म मरण दोसाँध बोकी
जन्म दियौ यस धर्तीमा
यो भारलाई कसो गरी
सक्छु मैले तिर्न ।

नौ महिना गर्भमा राखी
आँखा खोली दियौ
ताते ताते भन्दा भन्दै
दुई पाइला हिँड्न सिकायौ ।

तिमीले मलाई हिँड्न थालेपछि
स्कूलमा भर्ना गरिदियौ र
निकै माया दियौ
तिमीले दिएको
यो मायाको
वर्णन गर्न सकिन मैले ।

सृष्टिकर्ता तिमी नै हौ
धर्तीकी रानी
निर्मल तिम्रो व्यवहार
तिमी ममताकी खानी ।

तिमीले जन्माएको यो छोराले
आफ्नै देशको माटोमा
दुई पाइला टेक्दै
परिश्रम गर्न सिकिरहेछ है
तिमीले जन्माएको
छोराको यो मनले
खुसीहरु समेट्न खोज्छ आमा
द्वन्द्व चर्कीए पनि
मीठो सपनामा उर्लिदै
रातको अनिद्रामा बग्छ
तिम्रै कारणले आमा
आफ्नै खुट्टामा उभिने भएछु
तिमीले जन्माएको
यो छोरालाई सुख दिन
तिमीले सधैँ दुःख झेल्छ्यौ
यो छोराको थुप्रै दुःखसँग
आफ्नो सुख साट्छ्यौ
धन्य छौ तिमी आमा !

तिम्रो दुःख दर्द
कष्ट सबै हटाउने
सदा तिम्रै काखमा रही
तिमीलाई खुसी बनाउने
मेरो कोटी कोटी बन्दना
छ है तिमीलाई
हे मेरी आमा ।

सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)
मोबाइल नम्बर ९८४१७९७६६४

Leave a Reply

Your email address will not be published. Required fields are marked *