बग्छु जब तरङ्गमा, एउटा लहर हुन्छ
तिम्रो साथमा बाँच्न पाउनु मेरो रहर हुन्छ
आत्मीयता खोज्छ मन्ले, मिठो बोली रोज्न थाल्छ
थोरै गाली गर्दा पनि, मलाई कहर हुन्छ
माया गरिदियौ भने, विष पनि पिईदिन्छु
घृणा गरी अमृत् दिए, त्यो त जहर हुन्छ
के नै फरक् पर्ला र तिम्रै दिलमा बसिदिन्छु
सानो मुटु तिम्रो मलाई ठुलै शहर हुन्छ
तिम्रो नाउँमा जे जे कोर्छु सबै प्यारो लाग्छ नि
गजल कोर्न नजाने नी आफै बहर हुन्छ
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
