नजाऊ प्यारा देश छाडी एक्लै आज पर्छिन् आमा
बिरामी छन् जेठ चौधमा फेरि अब मर्छिन् आमा ।
सबै छोरा भ्रष्ट्रजाली यिन्ले छोको खान्न भन्दै
मातृभूमि चोखो पार्न सुनपानी छर्छिन् आमा ।
संबिधान देख्ने यिन्को ठुलो धोका हुदा आखिर
न बेच है देश भन्दै रुवाबासी गर्छिन् आमा ।
सत्ता भत्ता खादै दरवार, धाउने छ सय एकलाई
फाले देखुन पुण्य पाउँदै स्वर्गतिर तर्छिन् आमा ।
भरतपुर -१३,गजलकुन्ज,चितवन
