Skip to content

माया हाम्लाई बराबरी

  • by

म हुँ एक बालक पढ्ने मेरो काम
पढी गुनी ठूलो भई राख्छु देशको नाम ।

दिनभरि स्कुल अनि एकछिन खेल्छु साँझमा
पढ्न बस्छु बिहान-राति आमा बाका माझमा ।

कुनै बेला हजुरबाको बन्छु सानो साथी
गाला छुँदै भन्नुहुन्छ ँबालख नै जाति’ ।

दिदी मेरी एउटी मात्रै संगै हामी पढ्छौँ
माया हाम्लाई बरबारी दुवै अगि बढ्छौं ।

पढ्ने स्कुल टाढा हाम्रो त्यसकै लाग्छ पीर
बाटो पनि खतरनाक वरिपरि भीर ।

कुनै दिन हाम्रो पनि बाटो पिच होला
मोटरले बोकिदेला किताबको झोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *