तिमीविनाको मेरो सारा रात दुख्छ !
सँगै जीउने हाम्रो सारा बात दुख्छ !
जति कोशिश, जति धैर्य गरे पनि
नियतिले नै धोका दिंदा घात दुख्छ !
अलग्गिएरै बाँच्नु पर्दा सधैँभरि
मन भित्रका प्रेम मयी खात दुख्छ !
पोखुँ कहिले यति धेरै कुरा मन्का
संयोग हुने दिन गन्दै हात दुख्छ !
कति सहनु पीडाहरू बिछोडका
उर्लिरहने बैशालु यी मात दुख्छ !
सजना गुरुङ
