देखाएर आशा कति झुक्याउँछौ जाली नेता
संविधान भंग भयो अब खान्छौ छाली नेता ।।
जनताको मर्म कहिले बुझ्न सक्छौ तिमीहरू
कुकुर जस्तै झगडामा झुलिरहन्छौ खाली नेता ।।
बनाउन देश हो कि कमाउन मात्र पैसा
त्यहि तिम्रो ब्यहोराले खाइरहन्छौ गाली नेता ।।
पद-कुर्सी खेल रैछ बच्चा जस्तै खेलिरहने
अलि आशा पलाएको भाँचिदियौ डाली नेता ।।
आउन फेरि भोट माग्न जनताको घर-दैलोमा
बजार्दिन्छौं तिम्रा टाउका माथि झर्के थाली नेता ।।
