मन्द मन्द मुस्कान छर्दै आउँथ्यौ तिमी सानु
संसार् सारा भूल्ने माया लाउँथ्यौ तिमी सानु
माया कति गर्थ्यौ तिमी हिसाब कुनै छैन
अधेँरी त्यो रातमा पनि धाउँथ्यौ तिमी सानु
रिसाउँथें कुनै बेला, घुर्की पनि लाउँथें
फकाउन मिठो गीत गाउँथ्यौ तिमी सानु
डर् लाग्थ्यो छुट्छौं भनि अश्रु भेल बग्ने गर्थ्यो
आँखाभरि बिम्ब बनि छाउँथ्यौ तिमी सानु
एकहोरो हुन्थें म मोहनी पो लाथ्यौ क्यारे
हर् धड्कनमा मलाई पाउँथ्यौ तिमी सानु
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Bina G, Tapain bata likhit
Bina G, Tapain bata likhit “Chhuki” Namak Social Story padhna paya, katahama ullekh gariyako premko parivasa ra samagra ma purai kathale mero manlai aakarsan garyo, testai tapainbata presit gazal pani padhe, tesma pani kata kata dukhanta jhalkiako paya, bastama yi lekhharule kasaiko jivan ma mel khayako 6ki vanne mero bujhai 6, k ho janna chahanchhu. ani tapainko lekhan karyale ajha safalta paos ra nirantar paos, suvakamana.
RC Kshatri ji tnx…
धन्यवाद हजुरलाई सुन्दर प्रतिकृया सहितको यो जिज्ञासाको लागि।पक्कै पनि लेख्नेले जे लेख्छ त्यो कहिँ न कतै न कतै कसै न कसैको जीवनसंग मेल खान्छ नै।त्यसमाथि म यथार्तको धरातलमा उभिएर लेख्ने मान्छे।यसै क्रममा ‘छुकी’ कथामा पनि मैले आफूले देखेको वास्तविकतालाई उतारेको हुँ।धन्यवाद हौसलाका शब्दहरुको लागि।