Skip to content

ढुंगा भए मुटु, कति जाति हुन्थ्यो

  • by


ढुंगा भए मुटु, कति जाति हुन्थ्यो
दुख्दा लाखौँ टुक्रा, न त छाती हुन्थ्यो ।

चल्ने भए समय, एकै नास् याहाँ,
न त बिझाउने, कालो राति हुन्थ्यो ।

दिब्य दृष्टि सारा सृष्टि भए उस्तै,
कसै सामु न त कोही घाती हुन्थ्यो ।

दीप पनि प्रभा छर्दा अँधेरीमा,
पाला फुट्दा निभ्ने, न त बाती हुन्थ्यो ।

हुन्थ्यो होला सबै जाति जाति याहाँ,
हुन्न थियो झार, सबै पाती हुन्थ्यो ।

कल्पना राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *