यो निबृत्त समय
पुरातनको लौरो टेकेर
मान्छेका खुशीका बलेशीहरूमा
आफ्नो दोशी आँखा लगाउदैछ
यो नौटङ्गी समय
आफ्नो पुरानो इतिहासलाई
काम्रोमा बाधेर
मान्छेका घर घरमा
रोटेपिङ्ग लगाउन खोज्दैछ
होशियार !
समयभित्र रहेको अन्धविस्वास ढाल्नेहरू
होशियार !
समयमाथि बुद्धि, विवेकले सवारहुनेहरू हो
कुनै पनि बेला, कुनै पनि पल
समय कर्मनसा नदि झै उल्टो बग्न सक्छ
कुनै पनि क्षण, कुनै पनि घण्टा
समय बर्मूदा त्रिकोण झै रहस्यमय बन्न सक्छ
अहिले
समयको छाती, नितम्ब, जाँघहरूमा
मान्छे लठ्याउने जादु छ
समयको ओठ, ललाट र यौनन्द्रियहरूमा
भरपुर आनन्द छ
कुनै पनि घडीमा, कुनै पनि स्थितिमा
रङ्गिन रासलिलामा आमन्त्रित गर्दै
मान्छेलाई फसाउन सक्छ
कुनै पनि परिस्थितिमा
आफूभित्रको कुत्सित चरित्रको कालकुट बिश बमन गर्दै
मान्छेलाई डस्न सक्छ
यो बेला इतिहासका जगहरू हल्लनेछन
यो बेला बर्तमान खुशीका घडाहरू फुट्नेछन
त्यो बेला मान्छेको चैतन्यमा ताला लाग्नेछ
त्यो बेला पुरूशहरू राडो र युवतीहरू बिधुवामा रुपन्तरित हुनेछन
त्यो बेला स-सना नानीहरू अनाथ हुनेछन
त्यसैले समय सीमा नटुट्दै जाग मानिसहरू
उज्यालो नहुन्जेल रात-रातभर
एकतामा गोलबन्द होउ मानिसहरू
भोलि कसैले देखेको छैन
भोलि आजको जतिको पनि नहुन बेर छैन
यो निबृत समय
पुरातनको लौरो टेकेर
मान्छेका खुशीका बलेशीहरूमा
आफ्नो दोशी आँखा लगाउदैछ
यो नौटङ्गी समय
आफ्नो पुरानो इतिहासलाई
काम्रोमा बाधेर
मान्छेका घर घरमा
रोटेपिङ लगाउन खोज्दैछ।
अस्तु:
विवेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम: भानुभक्त दुलाल
दमक, झापा
हाल: यू ए इ ।
