Skip to content


सवाल – रामकृष्ण पौडेल”अनयास”

तड्पाएर मनलाई दुई किनारामा छाड्दै ठुले
मुङ्ग्लान पस्यौ हामी दुईको, चोखो प्रेम मार्दै ठुले।

न गतिलो बास अनि छाक टार्ने गास छैन
भोक भोकै आदि पेटमा, बसे दुःख काट्दै ठुले ।

कहिले आउछौ साहुको ऋण, तिर्न पाए हुन्थ्यो भन्दै
भारी बोक्छु घाँस दाउरा खोलानाला तार्दै ठुले ।

चुहिने घरको छानो अनि, एकहात बस्त्र जोर्न आखिर
बस्नु पर्यो दुःख सहि कर्म सँग हार्दै ठुले ।

रामकृष्ण पौडेल “अनयास”
भरतपुर- १३, गजलकुन्ज चितवन

जवाफ – सरस्वती न्यौपाने

मुटुभित्र माया साँचि मुग्लान पस्नु पर्यो कान्छी
स्वदेशमा रोजगार छैन यतै बस्नु पर्यो कान्छी ।

गरीबीको पेटमा लात मार्ने धेरै हुन्छन यहाँ
त्यसैले त गास खोज्न कम्मर कस्नु पर्यो कान्छी ।

जाएजेथा सबै साहुको तिम्रो आधी पेट सम्झी
तिर्न सबै नपुगेसि यतै फस्नु पर्यो कान्छी ।

जे लेख्या छ बिधाताले त्यही हुन्छ भन्दा आखिर
खोस्यो भाग्य र त आज तलै खस्नु पर्यै कान्छी ।

कति खुट्टा मोल्नु र खै तिम्रो काख छाडी यहाँ
आफ्नै देशमा आर्जन हुने केही रच्नु पर्यो कान्छी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *