Skip to content

राष्ट्रिय तामाङ साहित्य सम्मेलन २०१२ सम्पन्न

  • by
20120628_BinaTamang_News


‘तामाङ राष्ट्रिय पहिचानको लागि साहित्य लेखन’ भन्ने नारा सहित राष्ट्रिय तामाङ साहित्य सम्मेलन् २०१२ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान् (स्टाफ कलेज) जावालाखेलमा यही मिति २०६९ आषाढ ९ र १० गरी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैराँगी काँईलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मेलनमा भारतको सिक्किम, दार्जलिङ् लगायतका साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो।

सम्मेलनमा तामाङ भाषा, साहित्यमा योगदान पुर्‍याउनुहुने शंख बुद्ध लामा, चन्द्र कुमार मोक्तान, लालबहादुर वाईबा, कृष्णमान लामा, जिडी लामा र मोक्तान भाईलाई सम्मान गरिएको थियो भने प्रज्ञा प्रतिष्ठान मातृभाषा विभाग प्रमुख सुलोचना मानन्धर, जापानका लागि पूर्व राजदूत डा गणेश योन्जन, पूर्व मन्त्री भीमबहादुर तामाङ, नेपाल घेदुङको अध्यक्ष कुमार योन्जन लगायतका अथितिहरूले तामाङ भाषा तथा साहित्यको बारेमा आ आफ्नो धारणा राख्नुभएको थियो।

सम्मेलनमा १३ वटा विषयमाथि कार्यपत्र प्रस्तुत गरिको थियो। उक्त कार्य पत्रमाथि व्यापक छलफल गरि आगामी दिनहरूमा तामाङ साहित्यको दिशा निर्देश गर्न घोषणा पत्र तयार पारी प्रस्तुत गरिएको थियो।

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *