जीवनको हरेक क्षण आउनु सक्छ आँधी
आँधीबाट मुक्तिमिल्छ जीवनबार नै बाँधी
आँधी आउँछ गीत गाउँदै हुन्छ ठूलो स्वर
गडगडाउँछ प्रेमलीला समाहित मादी
सफलता आदरता हुन्छ काममुक्त कामी
सत्यकर्म बुझ्दामर्म प्राप्त हुन्छ सौम्य गादी
निस्कामीको कार्यशैली सधै हुन्छ अधो गति
हीरा मोती कहाँ खोज्नु, गुमाउँछ त्यसले चाँदी
हुन्छ अजर र अमर लौ उही एक शक्ति
ईश्वर शक्तिशाली बनाउँछ सबको सादी
