सबै चुडियो
तन चुडियो, मन चुडियो
तिम्रो सम्झनामा यौवन चुडियो
निर्रथक बन्यो प्रेम
अनिष्ठ बन्यो यात्रा
तिमी सर्किंदै पर पुग्यौ
त्यही कल्पनामा जीवन चुडियो ।
निर्मोहीले दोष लगायो
मनभित्रै ठोस लगायो
तिम्रो प्रेमले मनमा अफसोच लगायो
भारी पलेडा म थिएँ
तिमी रित्तो पलेडा थियौ
यात्रामा तिमी पर पुग्यौ
एक हातको तालीले द्वेष लगायो ।
मृत्युले वरण गर्दैन
खुशीले शरण गर्दैन
तृष्णायुक्त मनमा भरण गर्दैन
बाँच्ने अर्थ खोज्दैछु म
तिमी दिएको सराप के हो ?
खित्का छोड्दै पर पुग्यौ
मार्छु भन्छु तर मन मर्दैन ।
शुन्यतामा छाडी गयौ
शिर कुल्ची माडी गयौ
सुखका दिन मेरा उखाडी गयौ
संक्षेपमा तिमी हुँदा
म बयान बनेछु
हुत्याउने बाडी आएको थाहै भएन
जीवन चोखो मेरो उजाडि गयौ ।
-सुरज गिरी
(शिवमन्दिर, नवलपरासी)
