हामीले टेक्ने
माटो एउटै हुन ।
कतै समथल मैदान होलान,
कतै खोज पहाड होलान,
कतै हिमाली लेक होलान,
कतै मरुभूमि होलान,
तर,
ती सबै सबै
हामीले टेक्ने माटो नै हुन ।
त्यही माटोहरूमा
सीमाना कोरेर
दुई वटा धर्को
“गरीब र धनी” रेखाले
देशहरू बिभाजित छन ।
गरीब देशको आकाशमा
झुप्राहरूबाट उठेको
सपनाहरू उड्छन ।
ती सपनाहरू
पुस्तौ देखी सिनो खान पल्केका
परजिवी गिद्दहरूले लुछालुछ गर्छन् ।
र,
पखेटाहरू बिकसित् हुन नपाउदै
भुईमा खसाली दिन्छन ।
अनि ….
मात्र गिद्दहरू उड्छन ।
धनी देशको आकाशमा
गगनचुम्बी भवनहरूबाट
जन्मिएका बिपनाहरू उड्छन ।
रकेट उड्छन,
फाइटरहरू उड्छन,
अत्याधुनिक बिमान र प्रबिधिहरू उड्छन ।
अन्तरिक्षमा भ्रमण् गर्छन् ।
फरक यति बिग्न छ
कि,
गरीब देशका गिद्दहरूले
जुनलाइ देवता भनेर
जुनको आँखा, नाक, मुख, कान बनाएर
पुज्न सिकाउछन ।
धनी देशका मान्छेहरू
त्यही आकाश मार्ग भएर
जुनमा प्रीति भोज
र,
हनिमुन मनाएर फर्कन्छन् ।
१० जुलाई २०१२
बिरानो देशबाट

Good Poem
राम्रो लेख्नुहुदो रहेछ..सुजन अझै प्रगतिको कामना गर्दछु .
धन्यवाद पी मिलन जी
धन्यवाद पी मिलन जी !
कविता मन पराएर अर्को कविता लेख्ने प्रोत्साहित प्रतिकृया लेख्नु भएकोमा….