गे रामजनम’? रामजनमकी आमा झिजिया चिच्याउदै कराई। उसको आवाज सुन्नासाथ सबै केटाकेटी सतर्क भए। उनीहरू हतार?हतार किनारामा निस्किएर कट्टु गन्जी लगाउ?दै घरतिर दौडिए।
रामजनम डराउ?दै?डराउ?दै आमा छेउमा गएर उभियो। मोटी थाक्सी गजधम्म शरीर भएकी उसकी आमा देख्दै डरलाग्दी थिई। ठूला ठूला आ?खा, मोटा?मोटा हात। रामजनमको हात च्याप्प समात्दै जुरूक्क उचालेर उसकी आमाले उसलाई भान्सामा लगेर पछारी। रामजनम हु हु हु गर्दै रून लाग्यो। उसको अगाडि सिलाबरे कचौरामा तारेको झिंगे माछा र चिउरा आइपुग्यो। खानेकुरा देखेपछि ऊ दंग पर्दै खान थाल्यो। झिजिया छोराले खाएको आनन्द मान्दै हेर्न थाली।
टन्न खाएपछि रामजनमलाई फेरि कता जाऊ कता जाऊ हुन थाल्यो। ऊ आ?नो समूहका साथीहरूमाझ निकै रमाउ?थ्यो। सबैभन्दा कान्छो ऊ नै थियो। भर्खर ७ वर्ष पुगेको कलिलो केटोलाई देखेर उसको साथी समूहका जानकी दिदी, फुल्बा दिदी र र चौते दाइले खूबै माया गर्थे। उनीहरू सबै एघार वर्ष जतिका थिए। कालो अनुहार, कालो जिउ भएको अंगार जस्ता उनीहरू सबैका दा?त मात्र सेता थिए। जानकी र फुल्बा दिदीको बिहे भैसकेको थियो। उनीहरू आठ वर्षको हु?दा बिहे भएको थियो। तर दाइजो दिन नसकेपछि उनीहरूका दुलाहा लिन नै आएनन्। त्यही भएर मात्र यति ठूली हु?दा पनि उनीहरू घरमै बस्न पाएका हुन्।
?गे रामु’? रामजनमको घर छेउमा आइपुगेर एकसाथ उसका साथीहरू कराए। त्यतिबेला ऊ आमाको काखमा लाडिएर बसेको थियो। साथीहरूले बोलाएको सुनेपछि उसले पुलुक्क आमाको आ?खामा हेर्यो। आमाले हुन्छ जा भनेर आ?खाले इसारा गरेपछि ऊ फुर्कदै घर बाहिर निस्कियो।
चल जल्दी चल (हिड चाडो हिड) भन्दै जानकी हतार?हतार जानकीनगर तिरको बाटो लागी। सबै जना उसको पछि?पछि लागे। जानकीनगर लखन्देही पारिको एउटा सानो गाउ? थियो। त्यो गाउ?स?गै एउटा ठूलो जंगल थियो। त्यो जंगललाई पनि मानिसहरू जानकीनगरको जंगल भन्थे। खोला पारि पचास?साठीवटा जति घर नाघेर पर पुगेपछि घना बाक्लो ठूलो जंगल आउ?थ्यो। त्यही जंगल जानकीनगरको जंगल थियो। त्यही जंगलमा गएर दाउरा काटेर ल्याउने र बजारमा गएर बेच्ने काम रामजनम, फुल्बा, चौते र जानकीका बुवाआमा गर्थे। आज उनीहरू पनि बुवाआमा कसैलाई नभनी सुटुक्क जंगलबाट दाउरा लिन आएका थिए। उनीहरू दाउरा बेचेर थुप्रै मिठाइ खाने दाउमा थिए। जानकी दिदीको मिठाइ खाने योजना थाहा पाएर होला सबै एकदमै जोसिदै जंगलतर्फ अगाडि बढिरहेका थिए। ?धत् ? हमर पास तो बन्चर नैखे (ला ? हामीस?ग त बन्चरो नै छैन) अब दाउरा कसरी काट्ने?’ जंगलको छेवैमा पुगेपछि जानकी दिदी झसंग हु?दै कराइन्। अरू सबैजना एक?अर्कालाई हेर्दै मुखामुख गदै टोलाएर उभिए।
?अरूले काटेर छोडेको एक?एक वटा दाउरा बटुलेर भारी बनाउ?ला नि।’? चौतेले उत्साहित हु?दै भन्यो। सबै साथीहरू उसको कुरामा सहमत भए। त्यसपछि उनीहरू सरासर जंगलभित्र छिरे। जंगल बनमारा झाडीले छपक्कै ढाकिएको थियो। झाडी पन्छाउ?दै?पन्छाउ?दै उनीहरू भित्रभित्र जान थाले। रामजनमलाई हिड्न एकदमै गाह्रो भैरहेको थियो। ऊ बल्लतल्ल असिनपसिन हु?दै हिडिरहेको थियो। हिड्दा?हिड्दा थुप्रै बेर हिडेपछि उनीहरू जंगलको बीचमा एउटा सानो चौर र खोल्सो भएको ठाउ?मा पुगे। रामजनम थकित भएर त्यही छेउको घा?समाथि थचक्क बस्यो। ऊ स?गै आएर अरू सबैजना बसे। एकछिन थकाइ मारेपछि उनीहरूले एउटा डरलाग्दो आवाज सुने। जुन आवाज खोल्साकोतिरबाट आइरहेको थियो। उनीहरू एकदमै आत्तिए। सबैको मुटु ढुकढुक गर्न थाल्यो। सबैजना एकै ठाउ?मा गोलो परेर बसेर रून थाले। केही समयपछि आवाज विस्तारै टाढा?टाढा हु?दै गयो। उनीहरू त्यहँ?बाट फेरि अलि पर पुगे। त्यहा? उनीहरू सबैजनाले एउटा सुकेर लडेको सानो रूख भेट्टाए। रूख भेट्नासाथ उनीहरू खुसीले चिच्याए रमाए। त्यसपछि चारै जना मिलेर रूख बोकेर जंगलबाहिर निस्कने बाटो तर्फ लम्कन थाले।
सूर्य डुब्ने बेला हुन थालेको थियो। रात पर्न सुरू भइसकेको थियो। उनीहरू रूख बोकेर घर जाने बाटोमा निस्कने कोसिस गरिरहेका थिए। तर उनीहरू बाटो भुलेर अझ तेर्सो बाटो भएर टाढा टाढा पुग्दै थिए।
रामजनम हिड्दा हिड्दा थाकिसकेको थियो। रात पर्न सुरू भैसकेको थियो। ऊ रूख बोक्न छोडेर ?गे माई’ भन्दै ग्वा??ग्वा? रून थाल्यो। सबै जना रूख त्यही छेउमा राखेर रामु छेउमा गए। जानकीले उसको टाउको मुसार्दै आ?खाभरि आ?सु पार्दै हेरिन्। रामु जानकीको काखमा घोप्टो परेर घुक्क?घुक्क रून थाल्यो। ऊ रोएको देखेर अरू सबै जनाको आ?खा रसायो। उनीहरू चनाखो भएर यताउति हेर्न थाले। ?गे जानकी उधर तकीत) ए जानकी उता हेर त ?? चौतेले खुसी हु?दै भन्यो। सबैजनाले हत्त न पत्त हेरे। त्यहँ? नजिकै आगो बालेर मान्छेहरू बसेको जस्तो उनीहरूलाई लाग्यो। उनीहरू हतार हतार रामुलाई काधमा बोकेर बत्ती बलेतिर हिडे।
एकछिन हिडेपछि उनीहरू आगो बलेको ठाउ?मा पुगे। तर त्यहा? पुगेपछि उनीहरूको डर झन् बढ्यो। त्यहा? आठ?दश जना टाटे पाङ्ग्रे लुगा लगाएका मान्छेहरू गोलो भएर आगो छेउमा बसेका थिए। सबै जना मासु पोल्दै पकापक खादै थिए। अचानक चार जना मान्छेहरू आएको देखेर उनीहरूले हतार हतार आ?आ?नो बन्दुक सोझ्याए। उनीहरूले आगन्तुकलाई राम्ररी हेरे। चारै जना बच्चा देखेपछि उनीहरूले यताउति चारैतिर चनाखो भई हेरेर बन्दुक फेरि पहिलाको जस्तै गरी भूइ?मा राखे।
चारै जनाले डराई?डराई टाटेपाङ्ग्रे लुगा लगाएका मान्छेलाई हेरे। केही क्षणपछि जानकी अकस्मात् चिच्याई? ?रामकुमारी दिदी’।
आ?नो नाम कसैले लिएको देखेर टाटेपाङ्ग्रे लुगा लगाएकी केटीले अचम्म मान्दै निकैबेर नियालेर त्यो बच्चीलाई हेरी। बच्चीले दौडदै गएर हात समात्दै भनी? दिदी हम जानकी छि, तोहर बहन जानकी (दिदी म जानकी हो। तपाईकी बहिनी जानकी)। पा?च वर्ष अघि घर छोडेर हिडेकी केटी बच्चीको मुखबाट त्यस्तो कुरा सुनेर एकाएक पग्लिई। उसले गम्लङ्ग जानकीलाई अंगालो मारी।
जानकीले पालैपालो सबैको परिचय आ?नी रामकुमारी दिदीस?ग गराई। दिदीले रामजनमलाई आ?नो छेउमा बोलाइन्। उनले काखमा राखेर मासु खुवाइन्। रामुलाई दिदी आ?नी आमा जस्तै लाग्यो। ऊ थाकेर चुरचुर भएको थियो। दिदीको काखमै निदायो। त्यो रात चौते, जानकी र फुल्बाले पनि पेटभरि मासु खाए। उनीहरू पनि त्यही दिदीको छेउमै सुते।
?लौ उठौ?उठौ रामकुमारी कमरेड ? अब आज यहा?बाट पारि गाउ?मा जानुपर्छ।’ एउटा ठूलो केटाले कराउ?दै दिदीलाई बोलायो। दिदीस?गै सबै केटाकेटी पनि उठे। सबै जनाले छेउकै पानी जमेको ठाउ?मा गएर मुख धोए। रामजनम दिदीको औला च्याप्प समातेर हिडेको थियो। ऊ दिदी जता जान्थिन् त्यतै जान्थ्यो।
एकछिन पछि सबैजना हिड्न तम्तयार भए। रामकुमारी दिदीले पुलुक्क बच्चाहरूतिर हेरिन्। बच्चाहरू सबै दिदीलाई नै टुलुटुलु हेरिरहेका थिए। दिदीले मुसुक्क हा?स्दै रामजनमलाई बोलाइन्। उसले दौडदै गएर दिदीको हात च्याप्प समात्यो। अरू सबै केटाकेटी दिदीको छेउमै गएर उभिए।
?ल पुनम कमरेड, म यी केटाकेटीलाई घर पुर्याएर आउ?छु। तपाईहरू पारि गाउ?मा पुग्नुहोस् न है।’ रामकुमारीले आ?नी साथीस?ग भनिन्। उनले आ?नो ठूलो बन्दुक पनि साथीलाई नै दिइन्। दिदीले घर पुर्याइदिने भएपछि सबैजना दंग परे। छापामार कमरेडहरू र केटाकेटीहरू सबै एकै साथ हिडे।
विहानै झिसमिसेको समय थियो। मौसम चिसो थियो। शीतका थोपाले रूझेका झारपातले गर्दा बाटोमा पानी परेझैं गरी छपक्कै शीतले ढाकेको थियो। सबै चुपचाप फटाफट हिडिरहेका थिए। जंगलको बीचमा आइपुगेपछि छापामार कमरेडहरू दक्षिणतिर लागे। दिदी र केटाकेटीहरू पश्चिमतिर लागे। दिदीले एकछिन उभिएर पर पुगुन्जेलसम्म आ?ना छापामार साथीहरूलाई हेरिरहिन्। अलि पर पुगेपछि एउटा कमाण्डर दाइले फरक्क फर्किएर दिदी र केटाकेटी सबैजनालाई हात हल्लाएर बाइबाई गरे। दिदीले आ?खाभरि आ?सु पार्दै हात हल्लाइन्। केटाकेटीहरूले खुसी हु?दै हात हल्लाए।
?लौ हिड छिटो?छिटो मैले तिमीहरूलाई घर पुर्याएर लडाइ?मा फर्कनुपर्छ।’ दिदीले केटाकेटीलाई जोसिदै भनिन्। केटाकेटीहरू पनि जोसिएर फटाफट हिड्न थाले। हिड्दा?हिड्दा चार घन्टा हिडेपछि बल्लतल्ल गाउ देखियो। गाउ निस्कनु अघि जंगलभित्र दिदीले फटाफट आ?नो टाटेपाङ्ग्रे लुगा खोलेर झोलामा हालिन्। उनले भित्र कालो रंगको कुर्ता सुरूवाल लगाएकी रहिछिन्। केटाकेटीको हात समात्दै लगभग दौडिए जस्तै गरी रामकुमारी दिदी जानकीनगर गाउ?मा आइपुगिन्। सबै चिनेजानेकाहरूले उनलाई अचम्म मान्दै हेरे। कुनै अर्को लोकबाट आएको मान्छे जसरी हेरे। दिदी केही वास्ता नगरी फटाफट हिडिन्।
घर पुगेपछि दिदीले लामो सास फेरिन्। रामजनमले मायालु आखाले दिदीलाई हेर्यो। दिदीले उसलाई गम्लङ्ग अंगालो मारेर गालामा चप्प म्वाइ? खाइन्।
घडीले दिउसोको एक बजाएको थियो। लखन्देहीको बगरमा बालुवाहरू उडिरहेका थिए। चर्को घाम लागेको थियो। केटाकेटीहरू सबै दिदीको घरमा बसेर खाना खा?दै थिए। दिदीका बुवाआमा ५ वर्षपछि फर्किएकी छोरीलाई टुलुटुलु हेरिरहेका थिए। उनीहरू खुसीको आ?सु झारीरहेका थिए। बुवाले खाना खाइरहेकी दिदी छेउमा गएर उनको दाहिने हात च्याप्प समाते। दिदीले पुलुक्क बुवालाई हेरिन्। बुवाको आ?खाबाट बरर आ?सुका थोपा खसे। दिदी केही बोलिनन्। चुपचाप खाना खान थालिन्। खाना खाइसकेपछि आमाले दिदीलाई नया? कुर्ता सुरूवाल दिइन्। दिदीले दंग पर्दै लगाइन्। निलो रंगको त्यो कुर्ता सुरूवाल लाउ?दा दिदी नायिका जस्तै लागिन्। अघिदेखि चुपचाप लागेर बसिरहेकी आमाले छोरीलाई गम्लङ्ग अंगालो मारिन्। आमाको अंगालोमा बा?धिएपछि दिदीका आ?खाबाट बरर आ?सु खस्न थाले। उनी घुक्क घुक्क गर्दै रून थालिन्।
?ए ढोका खोल, ढोका खोलभाग्ने कोसिस गर्ने होइन कमरेड कुमारी’? प्रहरीहरू ढोका ठटाउ?दै कराइरहेका थिए। चर्को स्वर सुनेर केटाकेटीहरू सबै आगनमा भेला भएर रमिता हेर्न थाले। रामजनम प्रहरीले दिदीलाई बोलाएको सुनेर चुपचाप लागेर हेरिरह्यो। ?भाग्ने कोशिश नगर, घरको चारैतिर हाम्रा प्रहरीले घेरा हालेका छन्’? नाइके प्रहरीले फेरि जोडले भन्यो।
एकछिनपछि ढोका खुल्यो। दिदी हात उठाउ?दै आएर प्रहरी छेउमा उभिइन्। दिदीको हातमा हत्कडी लगाएर प्रहरीहरूले दिदीलाई चौकीमा लग्दै थिए। छेउमा उभिएर अघिदेखि टुलुटुलु हेरिरहेको रामजनमले दिदी …? भन्दै दाडिदै गएर दिदीको हात च्याप्प समात्यो। उसले दिदीको हातमा लगाएको हत्कडी चुडाउन खोज्दै भन्यो? दिदी कहा जाइवे? (दिदी कहा? जाने?)
तिम्री दिदीलाई हामीले चौकीमा थुन्न लैजान लगेका हौ।’? एउटा प्रहरीले कड्किदै भन्यो। रामजनमले राता?राता आ?खा पारेर प्रहरीतिर फर्किएर भन्यो? ?म तिम्रो चौकी भत्काइदिन्छु।’ प्रहरीहरू सबै अचम्म मान्दै बच्चालाई ट्वाल्ल हेरिरहे। दिदीले छुट्टिने बेलामा उसलाई चप्प म्वाइ खाइन्। उनको आखा आसुले भिज्यो। रामजनम दिदीलाई लगेको ट्वाल्ल परेर हेरिरह्यो। ऊ रून पनि सकेन हास्न पनि सकेन।
