Skip to content

एकपछि अर्को गरी चोट लागिरा’छ


एकपछि अर्को गरी चोट लागिरा’छ
गरिबीको बदनामी खोट लागिरा’छ

कहिले नि नभरिने यही पापी पेट
भर्दा भर्दै ऋणै ऋण नोट लागिरा’छ

च्यातिएर धुजा धुजा भयो लुगा पनि
आफ्नै ज्यान बोक्रा झर्ने बोट लगिरा’छ

प्वाल परी छानाबाट घाम पनि खस्छ
नयाँ छानो छाउने यो अठोट लागिरा’छ

सक्या छैन रमाएर बस्न कुनै दिन
दुख पीर मनभित्र घोट लगिरा’छ ।

सृजना न्यौपाने
दमक, झापा ।

1 thought on “एकपछि अर्को गरी चोट लागिरा’छ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *