Skip to content

आफ्नैले खोसेपछि सारा खुसीहरू

  • by


आफ्नैले खोसेपछि सारा खुसीहरू
केलाई चाहियो भन साथी बैरी यहाँ अरु

तल परे घृणा गर्छन् माथि परे खुट्टा तान्छन्
मौका मात्र मिल्नु पर्छ शब्द वाणले सधैं हान्छन्
जीवन लिला मेटाईदिने बैरी जाती हुन्छ बरु
तड्पाउने आफ्नै हुन्छन् केलाई चाहियो यहाँ अरु

आफन्त नै धार बन्दा खप्नु पर्‍यो चोट मैले
बाध्य भई खोल्नु पर्‍यो सबै सामु ओंठ मैले
हरेक पल चोट दिदाँ पर्‍यो बाँचुँ मरुँ
जिउँदै घाटमा लान परे चाहिन्न यहाँ अरु

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *