Skip to content

अचेल उता के हुदैछ

  • by


अचेल उता के हुदैछ, उनको खबर पाको छैन
फोन उठ्दैन मैले गर्दा उताको नि आको छैन ।

चिन्ता लाग्छ उनी कतै बिसन्चोमा परिन कि त
उनकै यादमा डुबी अचेल मैले नि केही खाको छैन ।

फिक्का लाग्छ आज सारा संगीतका धुनहरू
कोकिलकण्ठ सम्झी उनको, रोदीघर धाको छैन ।

बाचा थियो देउरालीमा सँगै जिउने यो जिन्दगी भगवती
सम्झिएर बाचा कसम अन्त माया लाको छैन ।

साहिली माहिली बोलाउछन पात बजाउदै सल्लेरीमा
गाइ चराउने निउँमा पनि म त उता गाको छैन ।

तिर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *