ईच्छाहरू दबाएर मार्न जान्या छैन
मर्दको छोरा हुँ म त हार्न जान्या छैन
आजै गर्छु जे गर्नुछ ईमान्दारीपूर्वक्
भोलि गर्छु भनी-भनी टार्न जान्या छैन
पुग्न भनी शिखरमा धरातलै बिर्सी
आफू उभ्या’ जमिन् आफै खार्न जान्या छैन्
आफू खुसी हुन हाँसो टिप्दै पोल्टा भर्दै
उसको भाग्मा दु:ख मात्रै पार्न जान्या छैन
यथार्थमा बाँच्छु सधैं वास्तविकता टिप्छु
कल्पनामा ताराहरू झार्न जान्या छैन
राजेश रुम्बा लामा ‘अतृप्त’

ल्हस्सो फ्याफुल्ला राजेश
ल्हस्सो फ्याफुल्ला राजेश ज्यु।।।
ईच्छाहरू दबाएर मार्न जान्या छैन
मर्दको छोरा हुँ म त हार्न जान्या छैन
ल्हानान् ज्याबा छोर्जी….