उदाँउदो सूर्यसँगै लाली ममा चढ्यो
कस्तोसँग तिम्रो माया आजभोलि बढ्यो
पत्र पत्र फिंजाएर फूलहरू फुल्न थाल्यो
खेतैभरि लहलह बालाहरू झुल्न थाल्यो
फूल अनि बालासँगै मनमा कुरा गढ्यो
कस्तोसँग तिम्रो माया आजभोलि बढ्यो
छङछङ गर्दै बग्यो खोला चिप्लो ढुङ्गामाथि
हातमाथि हात राख्ने तिमी थियौ साथी
आँखा आँखा जुध्यो अनि भाकाहरू पढ्यो
कस्तोसँग तिम्रो माया आजभोलि बढ्यो
उदाँउदो सूर्यसँगै लाली ममा चढ्यो
कस्तोसँग तिम्रो माया आजभोलि बढ्यो
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
