Skip to content

खुसी छौ रे तिमी अचेल

  • by


खुसी छौ रे तिमी अचेल, फूलै-फूलले घेर्दा खेरी
मेरो लाश दुई बाँसमा, कात्रो राखी बेर्दा खेरी ॥

पराईको अंगालोभित्र, हाँसी हाँसी जाँदा तिमी
जिउदै मुर्छा परे म त, जीवन साथी फेर्दा खेरी ॥

दुनिया सामु मेरो आज, देखाई दियौ तमासा नि
खुसी मन भो होला, पागल भाको हेर्दा खेरी ॥

तिमी सामु दुनिया आई, मुखा मुख गर्न थाल्दा
थाहै छैन भन्यौ अरे, समाज आई केर्दा खेरी ॥

थाहै भएन यति साह्रो, स्वार्थी हुन्छौ तिमी भनी
रुदै छु म एकान्तमा, हसाई मुटु सेर्दा खेरी ॥

स्काई नवीन

Leave a Reply

Your email address will not be published. Required fields are marked *