चल्छन् भने चल्न देऊ किराहरू स्याउँ-स्याउँ
भुक्छन् भने भुक्न देऊ कुकुरहरू ख्याउँ-ख्याउँ
मुसाहरू बैठक् बस्छन् घण्टी बाँध्न बिरालोमा
सातो पुत्लो उड्छ सुने बिरालोको म्याउँ-म्याउँ
पाएसम्म काट्छन् कुरा नपाएमा धस्छन् छुरा
भोकै रैछन् आफ्नै छाला चपाउँछन् च्याउँ-च्याउँ
जिम्मा कस्ले लेको छ र? ऐरे गैरे जोसुकैको
छोड भैगो कराओस तिनीहरू क्याउँ-क्याउँ
हार्न मैले जान्या छैन अझै पनि हार्दिन म
लाग्न थाल्यो फेरि पनि संसार् जिती ल्याऊँ ल्याऊँ
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

la ajhai ramro lekhnu,hai.
la ajhai ramro lekhnu,hai.