Skip to content


सम्झौता गर्न खोजेँ
आगोसित
खै त्यो चिसो भएन
सम्झौता गर्न खोजेँ
नदीसित
खै त्यो बग्न छाडेन
सम्झौता गर्न खोजेँ
पहाडसित
खै त्यो झुक्न मानेन
सम्झौता गर्न खोजेँ
स्वाभिमानसित
खै त्यो बिक्न मानेन
सम्झौता गर्न खोजेँ
आँसुसित
खै त्यो झर्न छाडेन
सम्झौता गर्न खोजेँ
दु:खसित
खै त्यो हास्न खोजेन
सम्झौता गर्ने खोजेँ
स्वार्थसित
खै त्यस्ले त्याग गरेन
सम्झोता गर्न खोजेँ
समयसित
खै त्यस्ले रोकिने नामै लिएन
अन्तिम मा
सम्झौता गर्न खोजेँ
मृत्‍युसित
खै त्यसले कुनै शर्त रोजेन

शेखर ढुङेल
०३-२९-२००९

Leave a Reply

Your email address will not be published. Required fields are marked *