रुनै परे चुपचापै रोई दिन्छु बरु
छुनै परे त्यो मुटुनै छोई दिन्छु बरु
तिम्रै हुँ म विश्वास गर पहिले आफैँमाथि
अनि देख्छौ सारा संसार चोखो फूलपाती
माग मात्रै तिम्रै जीवन् होई दिन्छु बरु
छुनै परे त्यो मुटुनै छोई दिन्छु बरु
होला म मा कमजोरी रुखो पनि बोल्छु
तर पनि जिन्दगीका पानाहरू खोल्छु
भन मात्रै मन्का क्लेश धोई दिन्छु बरु
छुनै परे त्यो मुटुनै छोई दिन्छु बरु
रुनै परे चुपचापै रोई दिन्छु बरु
छुनै परे त्यो मुटुनै छोई दिन्छु बरु
राजेश रुम्बा लामा ‘अतृप्त’
