Skip to content

संघर्षमय उत्तम, जीवन

  • by


संघर्षमय उत्तम, जीवन ठानेकी छु ।
त्यसैले गर्दा दु:खको, मौदान छानेकी छु ।

आराम अनि उमंग, उत्सब के होला खै?
काधमा भारी बोकेर, जीवन धानेकी छु ।

निश्चल मन उदार हृदय दिएर नै,
नि:स्वार्थ माया सृष्टिको, सुवास मानेकी छु ।

अटल राखी चाहना, बिशाल आकाश झैँ,
अदृश्य रथ व्यथाको, आफैले तानेकी छु ।

अबला हुदा दिन्छन, अनेक बदनामी,
पर्वाह छैन, ढाक्नयो इज्जत जानेकी छु ।

“कल्पना राई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *