Skip to content


लालीगुराँशका बोटहरू
कम्जोर भएका छन्,
सगरमाथाको ओरालो पाखोमा
ओरालो बग्दैछ माटोहरू,
माटो कम्जोर बन्दैछ ।

फुल्न कठिन मान्दैछ गुराँश
घाँमको बिहानी तापले
रमाउनु पर्ने चाँपका फुलहरू
डाफे मुनालहरू धुलिसात
पखेटा फर फराउदै
चरनमा नाच्दै
रमाउन पर्ने,
त्यतिकै त्यसै मुर्झाउन थालेकाछन् ।

नाँगिदैछन्, पातलिँदैछन् जंगलहरू
धटदैछन् हरियाली मस्त हाँसोहरू
क्षय ग्रस्त हुदैछ
कलिला माटाहरू,
उपचार बिहिन बनदैछन्
डाँडा टाकुराहरू,
बाँझो बन्दैछ कैयौ उर्बर खेतका गराहरू
पुरुष बिहिनतामा,
वीर्यदानको अभावमा
कैयौ कोखहरू खालिनै हुन थालेकाछन्
गाउँहरू खाली खाली हुदैछन् ।

बग्दैछन् काचोमाटाहरू
ओरालो बग्दैछन् ।
काचो माँटो जता बटारेपनि हुनेहो
तर आकार बन्न सकेन,
मौलिक नेपाली गाँउको ।

ईच्छा, आकांक्षाहरू
त्यसै सेलाएर जान थाल्यो,
काचा माँटाहरू बगेर त्यसै जान थाल्यो,
कैयौ टापु भएर थेग्रिन थाल्यो
गुल्जार भएकाछन बंगालका खाडीहरूमा
टापुहरू कान्छाको नाम्मा
कैयौ काचा माटाहरू ।

कुमालेको अभावमा
चक्र घुमाउनेको बेईमानी,
खडेरीको नियतीले
खाडी मुलुकको मरुभूमिमा
तातो बालुवामा बिलिन हुदैछन्
गाऊका काँचा माटाहरू

५।४।०६६
मदन राई लामाखुले

Leave a Reply

Your email address will not be published. Required fields are marked *