Skip to content

कठोर बनेको मानसिकता

  • by


यहाँ मन्दिरको प्रसाद खाने र आराधना गर्ने भन्दा
अध्यारोमा रमाउने र लुट्नेहरूको भीड छ
अनि कहाँ पाइन्छ सुख र मानवता ?

यहाँ चुसेर अरुको रगत पसिना
आफू मात्र मोटाउने चलन चलेको छ
अनि कहाँ खोज्ने प्रेम र भाइचाराको महानता ?

यहाँ आफ्नै घर जलाएर
छिमेकीलाई बोलाई आगो ताप्नेहरूको राज छ
अनि कसरी बच्छ मौलिकता र स्वाधिनता ?

यहाँ अमृत (दुध )पिउनेको भन्दा
बिष (रक्सी)पिउनेहरूको बाहुल्यता छ
अनि कसरी पाइन्छ सदाचार र संवेदनशीलता ?

यहाँ खोसेर अरुको भाग
आफ्नै भागमाथि थप्नेहरूको लडाई छ
अनि भोका ले मात्र गाएर शान्तिको गीत पाइन्छ शान्ति कहाँ ?

यहाँ पुर्खाले जोडेको हिरा मोती (माटो) फ्याकेर
अर्काको आँगनमा ज्याला थाप्न जानेहरूको लर्कन छ
अनि कसरी जोगाउने आस्था र अस्मितता ?

शेखर ढुंगेल
ओमाहा नेब्रास्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *