Skip to content

रैछौ सार्है तकडा क्या गजब


रैछौ सार्है तकडा क्या गजब छ
र पो गर्छौ झगडा क्या गजब छ

कता जान्छौ तिमी? जता जान्छौ तिमी
उतै हुन्छ लफडा क्या गजब छ

यो शहरका सारा कुना कुनामा
तिम्रै छन अखडा क्या गजब छ

जसलाई थाहा छैन के हुन देश र आमा
उहि हुन्छन ठुलाबडा क्या गजब छ

जागिर छैन रोजगार छैन तर हाम्रा नेताज्युका
भरिएछन घडा क्या गजब छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *