पराईको सिंदुरले सिउँदो सजाई जाँदा तिमी
कराउदै रुदै हेँरे मुटु जलाई जाँदा तिमी ।
मलाई सेतो कपडाले बेर्दै शंख बज्दा आखिर
खुशी हुन्छौ मेरो लाशमा आगो लगाई जाँदा तिमी ।
कसम खान्थ्यौ नछुट्टिने सँगै मिली सार्दा पिपल
रुदै बसेँ एक्लै आज वाचा ढलाई जाँदा तिमी ।
तिम्रो शिरको सौभाग्य र मेरो अस्तु दाँज्नलाई
सँगै लैजाउ नौमतीमा बाँजा बजाई जाँदा तिमी ।
रामकृष्ण पौडेल “अनयास”
गजलकुन्ज, भरतपुर
