Skip to content

तारा नचाहिए तिमीलाई जून दिन्छु

  • by


तारा नचाहिए तिमीलाई जून दिन्छु
मनै शीतल हुने संगीतको धुन दिन्छु ।

सादा कागज झैं जीवन भयो त के भयो
तिमीलाई मायाको रंगीन फागुन दिन्छु ।

प्रत्येक पाइला जीवनको सुरुवात हो
त्यही सुरुवातका लागि म सगुन दिन्छु ।

माया बिनाको त्यो जीवनलाई सजाउन
तिमीलाई म मायारूपी सुनैसुन दिन्छु ।

तारा नचाहिए तिमीलाई जून दिन्छु
मनै शीतल हुने संगीतको धुन दिन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *